विराटनगर महानगर प्रमुखमा नेकांका कोइरालाको अग्रताले निरन्तरता

इनेप्लिज २०७९ जेठ १ गते २१:३५ मा प्रकाशित


विराटनगर,१ जेठ।विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ः०० बजे प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइ रहनु भएको छ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ः०० बजे जारी गर्नु भएको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले तीन हजार २७८,नेकपा एमालेका सागर थापाले दुई हजार ३४७ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार १७९ मत प्राप्त गर्नु भएको छ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले दुई हजार ७०६ ,गठबन्धन दलकातर्फबाट जनता समाजवादी पार्टी,नेपालका अमरेन्द्र यादवले एक हजार ७९९,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६९७ मत प्राप्त गर्नु भएको छ।

प्रतिक्रिया