युक्रेनी विदेशमन्त्रीद्वारा जर्मनीलाई युक्रेनलाई युरोपेली संघको सदस्य बन्न सहयोग गर्न नेतृत्व लिन आग्रह

इनेप्लिज २०७९ जेठ १ गते २१:१९ मा प्रकाशित

युक्रेनी विदेशमन्त्रीले जर्मनीलाई युक्रेनलाई युरोपेली संघको सदस्य बन्न सहयोग गर्न नेतृत्व लिन आग्रह गरेका छन । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले जर्मनीलाई युक्रेन युरोपेली संघको हिस्सा बन्ने प्रक्रियामा नेतृत्व लिन आग्रह गरेको बताए ।

आइतवार सामाजिक संजाल (फेसबुक)मा प्रकाशन गरिएको अङ्कियदृश्य (भिडियो)मा कुलेबाले बर्लिनको आफ्नो भ्रमणको क्रममा “युक्रेन ईयुको हिस्सा बन्ने बारे जर्मनहरूसँग धेरै तर्कसंगत छलफल गरेको जनाएका छन् ।

“मैले उनीहरूलाई यो जसरी पनि हुन गै रहेको छ ,उनले भने । यो अपरिहार्य छ कि युक्रेनले चाडो वा ढिलो रुपमा परीक्षार्थी(क्यानडिडेट)को स्थिति प्राप्त गर्नेछ। जर्मन सम्भ्रान्तहरूले यो प्रक्रियाको नेतृत्व गर्ने र युरोपको इतिहासमा आफ्नो नाम लेख्ने विकल्प रहेको छ वा यो अझै हुनेछ।, “उनले थपे।

मन्त्रीले रुसी तेल नाकाबन्दीको बारेमा पनि छलफल गरेको र हाल ईयू सदस्य राष्ट्रहरूले बहस गरेका थिए । साथै रुसी ग्यास नाकाबन्दीको मुद्दा पनि उनको भ्रमणको क्रममा चर्चा भएको उनले बताए ।

जर्मन अधिकारीहरूसँगको भेटपछि, कुलेबाले जी७का विदेश मन्त्रीहरूसँग पनि वार्ता गरे । उनीहरूले “हाम्रो देशको पुनर्निर्माणमा मद्दत गर्न रुसी सम्पत्ति रोक्का गरेर युक्रेनमा हस्तान्तरण गर्न आवश्यक छ भन्ने विचारलाई स्वागत गरेका छन् ,उनले भने ।

प्रतिक्रिया