आइतबार, असार १२ २०७९
काठमाडौं २२:४०
वासिङटन डिसी 12:55

टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते

इनेप्लिज २०७९ जेठ १ गते २०:५० मा प्रकाशित

टेक्सस राज्यको ह्युस्टनको कवाडी बजार(फ्लि मार्केट)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार ह्युस्टनको फ्ली मार्केट(कवाडी बजार )मा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने र ३ जना घाइते भएको जनाएको छ ।

जहाँ हजारौं मानिसहरू व्यस्त अवस्थामा आइतवार किनमेल गरिरहेका थिए।

ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजले भने, “दुई पक्षबीचको झगडाबाट गोली हानाहान भएको हुन सक्छ।” “यस्तो देखिन्छ कि घाइतेहरू सबै सम्भवतः झगडामा सहभागी थिए, कुनै निर्दोष दर्शकहरू थिएनन्।”

कम्तीमा दुईवटा पेस्तोल बरामद भएको शेरिफले बताए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया