विमलाका दुई कृतिमाथि चर्चा

समाचारदाता २०७९ जेठ १ गते १९:३३ मा प्रकाशित

अनेसासको सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला निरौलाको दुई कृतिका बारेमा आइतबार छलफल गरिएको छ।
अनेसास शब्द सारथि कार्यक्रमको चौधौँ श्रृङ्खला अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले कृतिको बारेमा बिचार राखेका छन्।

जूम प्रविधिका माध्यमबाट सम्पन्न कार्यक्रममा ‘काव्य- पराग’ मुक्तक कृतिका बारेमा तीर्थराज अधिकारीले कृतिको समिक्षा गरे भने शकुन्तला ज्ञवालीले कृतिबाट मुक्तक वाचन गरिन्।

‘ओथारो बसेको सपनाहरू’ कविता कृतिका बारेमा गोविन्द गिरी प्रेरणा र भारती गौतम समीक्षात्मक धारणा राखे भने दीपा राई पुन, गोमा न्यौपाने,राजेन्द्र श्रेष्ठलगायतले सङग्रहमा संगृहीत कविता वाचन गरे।

प्रमुख अतिथि सरूभक्तले विमलाको कृतिबारे बोल्दै सर्जक अघिअघि हिड्ने र समालोचक पछिपछि आउने विचार राखे।उनले थपे- प्रवासमा बसेर सिर्जना गर्नु ठूलो तपस्या रहेको बताउदै विमलाको लेखनको प्रशंसा गरे।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री,साहित्यकार गंगा लिगल,अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषी,अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालगायतले शुभकामना मन्तव्य तथा बिचार व्यक्त गरे।

https://www.facebook.com/inlshq/videos/1123364368362824

 

प्रतिक्रिया