अमेरिकामा फेरी कोरोना संक्रमण वृद्धि : अमेरिकामा एकै दिनमा कोरोनाबाट ८८ हजार संक्रमित ,३३१ जनाको मृत्यु
अमेरिकामा फेरी कोरोना संक्रमण वृद्धि हुन थालेको छ । अमेरिकामा एकै दिनमा कोरोनाबाट ८८ हजार ९ सय ६५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३३१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक मे १४ का दिन न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।
संक्रमण दर ५६ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड २३ लाख ७ सय ६२ जना संक्रमित भएका छन् । गत २४ घन्टामा ८ लाख ३९ हजारले कोरोना जाँच गराएका छन भने हाल अस्पतालमा २० हजार ५ सय २५ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर २१ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा २,२४६ भर्ना भएका छन् भने १४ % वृद्धि भएको छ ।
अमेरिकामा हाल सम्म कूल १० लाख मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ५ लाखले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.३ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९०.६ % पूर्ण खोप लगाई सकेका छन् ।
यसै गरि अभिवर्धक खुराक(बुस्टर डोज) १० करोड २० लाखले लिई सकेका छन् ।
सिडिसीका अनुसार कम्तिमा १ खोप लगाउनेको संख्या २५ करोड ७७ लाखले लगाई सकेका छन् । अमेरिकाको उत्तरपूर्व र मध्यपश्चिममा कोरोना द्रुतगतिमा वृद्धि भै रहेको समाचार न्यूयोर्क टाइम्सले लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया