मोरङमा प्रारम्भिक अनुमान ६५ प्रतिशत मतदान

इनेप्लिज २०७९ वैशाख ३१ गते १:२६ मा प्रकाशित

विराटनगर,३० वैशाख।स्थानीय तह निर्वाचन अन्तर्गत मोरङ जिल्लामा साँझ पाँच बजेसम्म प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मतदान भएको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले दिएको जानकारी अनुसार मतदान केन्द्र परिसरमा लामवद्ध भएका मतदाताहरुले भने मतदान गरिरहनु भएको छ।

मोरङका १७ पालिकामा रहेको ८२० मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनु भयो।

मोरङमा सात लाख १५ हजार २२३ मतदाता रहेका छन्।

प्रतिक्रिया