प्रमुख पदका उम्मेदवार कोइरालाद्वारा धन्यवाद ज्ञापन

इनेप्लिज २०७९ वैशाख ३१ गते १:११ मा प्रकाशित

विराटनगर,३० वैशाख । गठबन्धन दलबाट विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट प्रमुख पदका उम्मेदवार.नागेश कोइरालाले सम्पूर्ण मतदातालाई आज साँझ धन्यवाद दिनु भएको छ।

उहाँले सामाजिक सञ्जाल माफर्त भन्नु भयो ‘लोकतन्त्रको उच्चतम नमुना निर्वाचन हो र यसले लोकतन्त्र,सङ्घीयता र गणतन्त्रलाई संस्थागत गर्न मद्दत गरेको छ’।

कोइरालाले निर्वाचनमा सहभागी भएर मतदान गर्नुहुने सम्पूर्ण मतदाता,निर्वाचन आयोग,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार,पार्टीका नेता,कार्यकर्ता लगायत सबैलाई हार्दिक आभारसहित कृतज्ञता व्यक्त्त गर्नु भएको छ।

कोइरालाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको उल्लेख गर्नु भएको छ।

कोइरालाले आज बिहान विराटनगर–९ ठाकुरवाडी रोडस्थित सरस्वती माविमा रहेका मतदान केन्द्रमा मतदान गर्नु भयो।

सो अवसरमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानीमा आफ्नो जित निश्चित भएको बताउनु भयो।

उहाँले महानगरवासीको उत्साहजनक उपस्थितिले आफू निकै उत्साहित भएको प्रतिक्रिया दिनु भयो।

 

प्रतिक्रिया