चुनावमा केही अप्रिय घटना घट्नुको कारण कालो चन्द्रमाः ज्यो. सुवेदी
काठमाडौं, बैशाख ३० । केही घटना दुर्घटनाको बाबजुत नेपालमा स्थानीय चुनाव २०७९ सम्पन्न भएको छ । स्याङ्जाको वालिङमा मतदान गर्न हिँडेका दर्जनौं व्यक्तिहरूले सवारी दुर्घटनामा ज्यान गुमाउन परेको अत्यन्तै दुःखद समाचार प्राप्त भएको छ । यसै गरी देशका विभिन्न ठाउँहरूमा राजनीतिक पार्टीका कार्यकर्ताबीच धाधली र झडप हुनजाँदा केही ठाउँहरूमा निर्वाचन स्थगन भएको सुन्नमा आएको छ । कतिपय ठाउँमा मतपेटिका जलाउने, फुटाउने, लुट्ने जस्ता अवाञ्छित कार्य भएको पनि समाचार आएका छन् ।
निर्वाचनको क्रममा केही यस्ता अप्रिय घटना घट्नसक्ने तर पनि निर्वाचन हुने कुराको संकेत नेपालका वरिष्ठ चर्चित ज्योतिषी दीपक सुवेदीले तीन महिना अघि नै सञ्चारमाध्यममा बताएको सामग्री भेटिएको छ।नभन्दै ज्यो. दीपक गुरुले भनेजस्तै देशमा स्थानीय तहको निर्वाचन केही छिट्फुट् घटनाको बाबजुत सुसम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।ज्यो. दीपक गुरुले बताउने गरेका राजनीतिक भविष्यवाणीहरू प्राय पुग्दै आएका छन् । यस निर्वाचनको बारेमा ज्योतिषी सुवेदीले बताएको भविष्यवाणी तल दिइएको भिडियोमा जस्ताको तस्तै हेर्नसक्नु हुनेछ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया