आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:१८
वासिङटन डिसी 23:33

इलोन मस्कले भने : ट्विटर सम्झौता “अस्थायी रूपमा रोकिएको छ”

इनेप्लिज २०७९ वैशाख ३० गते १०:५१ मा प्रकाशित

बिश्वकै धनाढ्य इलोन मस्कले शुक्रबार उनको योजना गरिएको ४४ बिलियन डलरको ट्विटर खरिद “अस्थायी रूपमा रोकिएको ” बताए । सामाजिक संजाल मंच (सोशल मिडिया प्लेटफर्म)मा स्पाम( रद्दी ई-मेल-बिधुतिय डाक)तथा नक्कली खाताहरू भएकोले विचाराधीनमा रहेको ,उनले बताए ।

टेस्लाका अर्बपति मस्कले ट्वीट गरेको घोषणा अर्को ट्वीट हो जसमा उनको ट्विटरको योजनाबद्ध खरीदमा आन्तरिक गढबढको संकेत देखिएको छ । जसमा सामाजिक संजाल प्रतिष्ठानले बिहीबार आफ्ना दुई शीर्ष प्रबन्धकहरूलाई बर्खास्त गरेको छ।

नक्कली खाताको बिषयले ट्विटर सम्झौतालाई बिगार्न सक्छ कि सक्दैन भनि स्पष्ट नभै सकेको भनि डब्लुटिओपिले समाचारमा उल्लेख गरेको छ ।

ट्विटर र टेस्ला दुबैको धितोपत्र कारोवार विपरीत दिशामा तीव्र रूपमा तल झरेको छ । ट्विटरको बजार भाउ १८ % ले घटेको छ । मस्कले ट्विटर सम्झौताको प्रस्ताव गर्दा ५ % बढेको थियो ।

कर्मचारीहरूलाई पठाइएको ज्ञापनमा ट्विटरद्वारा पुष्टि गरिएको प्रमुख कार्यकारी अधिकारी पराग अग्रवालका अनुसार प्रतिष्ठानले आफ्नो प्रयोगकर्ता आधार र राजस्व विस्तार गर्न “आक्रामक रूपमा” लगानी गर्न थालेपछि प्रतिष्ठानको वृद्धि र राजस्वमामा सफलता हासिल गर्न नसकेको बताएका छन् ।

प्रतिक्रिया