प्रकाश सपुतले फेरी भर्जिनियाको तन्दुरी नाईट्समा प्रस्तुति दिने
प्रकाश सपुतले फेरी भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाईट्स चमेना गृहमा मे १३ शुक्रबारका दिन प्रस्तुति दिने भएका छन् ।
श्रोता दर्शकहरुको अपार माया र अत्याधिक मागलाई ध्यानमा राखेर नाम्लो ईभेन्ट्सले यही आउँदो May 13th, 2022 शुक्रवारका दिन भर्जिनियाको तन्दुरी नाईट्समा अहिलेका अत्यन्तै चर्चित गायक तथा लोक सर्जक प्रकाश सपुतको विशेष सांगीतिक कार्यक्रमको तयारी गरिरहेको छ।
केहि साता अघि भर्जिनियामा नै भएको कार्यक्रममा सिमित सिट संख्या र समयको अभावका कारण थुप्रै श्रोतादर्शकहरुले आफ्ना प्रिय गायक प्रकाश सपुतलाई धित मर्ने गरि हेर्न, सुन्न र भेट्न नपाएको गुनासो आएसंगै नाम्लो ईभेन्टसले यस विशेष कार्यक्रमको आयोजना गरेको नाम्लोका प्रवन्ध निर्देशक बिक्रान्त श्रेष्ठले इनेप्लिजलाई बताए ।
शुक्रवार साँझ भर्जिनियाको स्थानीय तन्दुरी रेस्टुरेन्ट(चमेनागृह) मा गरिन लागेको उक्त कार्यक्रममा पनि सिट संख्या सिमित रहेको हुँदा समयमै आफ्नो र परिवारको टिकट सुरक्षित राख्न चर्चित डिजे “डिजे डी” ले सबैलाई अनुरोध गरेका छन्।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया