अमेरिकाको भर्जिनियामा ‘कबड्डी ४’ प्रदर्शन हुने
अमेरिकाको भर्जिनियामा ‘कबड्डी ४’ प्रदर्शन हुने भएको छ । आगामी जेठ १३ गते ‘कबड्डी ४’ नेपालमा सबै स्थानमा प्रदर्शन हुने जनाईएको छ । अमेरिकाको भर्जिनियामा जुन ४ शनिबार र जुन ५ आइतबार दिउसो ३ -६ बजे सम्म प्रदर्शन हुने भएको छ ।
भर्जिनियामा यो चलचित्र युवा तथा सामाजिक क्रियाकलापमा सक्रिय आशिष संग्रौला तथा भरत सुबेदीले ल्याउने भएका छ ।
र ,संग्रौलाले यस क्षेत्रमा बस्नु हुने सबै नेपाली समुदायलाई चलचित्र हेर्न आउन अनुरोध ईनेप्लिज मार्फत गरेका छन्।
https://www.facebook.com/events/531552148497810/?
‘कबड्डी ४’ नेपालमा सबैभन्दा प्रतीक्षित नेपाली चलचित्र मध्ये एक हो । दर्शकहरु यो चलचित्रको प्रदर्शनको प्रतीक्षामा स्वदेश तथा बिदेशमा पनि त्यतिकै रहेका छन् ।
भर्जिनिया राज्यमा यो चलचित्रको प्रदर्शन हुने हुँदा नेपाली चलचित्रलाई माया गर्ने र प्रोत्साहन दिने नेपाली समुदायमा खुशी छाएको छ ।
यो चलचित्र रिगल सिनेमामा प्रदर्शन हुने भएको छ भने बिस्तृत जानकारी लिन आशिष संग्रौला तथा भरत सुबेदीसंग सम्पर्क गर्न सक्नु हुनेछ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया