सानको नि:शुल्क स्वास्थ्य मेला कार्यक्रम भव्यताको साथ सम्पन्न
डिसी महानगर क्षेत्र । सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान ) तथा दुर्गा मन्दिरको सहयोगमा आयोजना भएको नि:शुल्क स्वास्थ्य मेला कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
अमेरिकाको भर्जिनियाको फेयर फ्याक्स स्थित दुर्गा मन्दिरमा सम्पन्न उक्त शिविर कार्यक्रम अमेरिकाको मदर्स दे अर्थात् आमाको मुख हेर्ने दिन तथा नर्सिङ्ग विक (स्वास्थ्य परिचारिका सप्ताह )को अवसरमा आयोजना गरिएको थियो ।
बिहान ८ बजे नै रक्तदानको लागि झिकाइएको चलायमान सवारी साधन (बस )पुगेको थियो भने ९ बजे देखि नै स्वास्थ्य संचालन भएको थियो ।
बिहानै देखि नै सानका स्वयम् सेवकहरु तथा चिकित्सकहरु को उपस्थिति रहेको थियो । स्वास्थ्य लाभ उठाउन तथा स्वास्थ्य परीक्षण गराउन नेपाली समुदाय सदस्यहरु,बिमा नभएका र अमेरिका भ्रमणमा आएका बुवाआमा ,हजुरबुवा ,हजुरआमाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
अतिथिहरुलाई सबैलाई फलाहार सहित खाजा/ खाना निशुल्क खुवाइएको थियो । कार्यक्रम बिहान ९- २ बजे सम्म स्वास्थ्य मेला संचालन गरिएको थियो ।
उक्त निशुल्क स्वास्थ्य मेलामा स्वास्थ्य परीक्षण,मधुमेय जाँच,रक्तदान,सिपिआर,प्राथमिक उपचार तथा सचेतना ,एबिआई जाँच,दन्त मुल्यांकन ,कोभिड खोप उपचार कक्ष ,कुर्सि योग ,मानसिक स्वास्थ्य व्यवस्थापन तथा अन्य सेवा प्रदान गरिएको थियो ।
उक्त निशुल्क स्वास्थ्य मेलामा आधा दर्जन नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए । सेवा पुर्याउने चिकित्सकहरुमा डा गुणराज सुबेदी,डा दान बिश्वकर्मा,डा नारायण धरेल,डा अनिल सुवाल,डा राजु खनाल ,डा निधि मलिक तथा लगायत चिकित्सकहरु रहेका थिए ।
कार्यक्रममा सानकि अध्यक्ष मंजु कार्की सग्रौलाले सबैलाई स्वागत गर्नुको साथै धन्यवाद दिएकी थिइन् । कोरोना महामारीको कारण २ बर्ष सम्म स्वास्थ्य मेल कार्यक्रम बन्द गर्नु परेको थियो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया