म्यादको रहस्य

—अरुण नदी खत्री २०७९ वैशाख २६ गते २१:४८ मा प्रकाशित

एकदिन कृष्णबहादुरकी जेठी श्रीमती राममायालाई अदालतको तामेलदारले अंशमुद्दा सम्बन्धी म्याद बुझाउन ल्यायो र बुझिदिनु भन्यो।‘मलाई आफ्नो नाम लेख्न आउदैन कसरी बुझ्ने’राममायाले भनिन्।‘हजुरले बुढी औंलाको छाप लगाउनु भए पनि हुन्छ’भन्दै तामेलदारले आफैले उनको हात समाई औंठाको छाप लगाएर चिठी बुझाइदियो।त्यसपछि बाटोखर्च र चिया खर्च पनि तामेलदारले राममायासँग माग्यो।कच्याककुचुक परेको सयको नोट राममायाले आफ्नो पटुकाको गाठोबाट झिकेर दिइन्।तामेलदार खुसी हुँदै आफ्नो बाटो लाग्यो।

बेलुकातिर राममायाकी छोरी बिमला स्कुलबाट पढाइ सकेर घरमा आइन्।राममायाले म्यादपत्र देखाउदै भनिन्‘ल छोरी यसमा के के लेखेर आएको छ मलाई तैँले विस्तारै पढेर सुनाइ दे त।’त्यसपछि छोरीले विस्तारै पढेर सुनाइन्।त्यो म्यादमा कृष्णबहादुरकी कान्छी श्रीमती मनकुमारीले सौता राममायाको नाउँमा रहेको सम्पत्ति आधा भाग आफूले प्राप्त गर्नुपर्ने भनि फिराद दिएकी रहिछन्।त्यो कुरा राममायाले थाहा पाइन् र सोचिन् आधा सम्पत्ति त जाने नै भएछ अझैँ त्यो चिठी ल्याउने मान्छेलाई सय रुपैँया बाटो खर्च र चिया खर्च भनेर दिन पुगेछु।

—अरुण नदी खत्री

सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया