जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’
इनेप्लिज
२०७९ वैशाख २६ गते ९:३४ मा प्रकाशित
काठमाडौं । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् ।
सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।
दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।
भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया