एकाबिहानै विपिन घरबाट बाहिर मोटरसाइकल लिएर जरुरी काममा जान लाग्दा धारामा पानी आएको थाहा पाएर विपिनको श्रीमती रमाले रित्तो बाल्टीन र जार लिएर धारामा पानी थाप्न पुगिन् । विपिनले बाहिर काम परेर जान लाग्दा रित्तो भाडो देख्नु प¥यो आजको काम अब बन्ने भएन मनमनै भन्ठान्यो।केही पर पुगेपछि मोटरसाइकलको पाङ्ग्राको टायर नै पन्चेट पनि भयो।मोटरसाइकलको टायर पन्चेट भएपछि मोटरसाइकल मर्मत गर्ने ठाउँमा मोटरसाइकल छाडेर विपिन ट्याक्सी लिएर आफ्नो काम परेको ठाउँमा पुग्यो।
त्यस दिन उसको काम गर्ने व्यक्ति बिरामी परेर आएको रहेनछ र उसको काम पनि बनेन।काम नबनेपछि दिक्क मान्दै घर फर्कियो।घरमा पुगेपछि आफ्नी श्रीमतीलाई “अबदेखि घरबाट बाहिर म कतै जान लाग्दा रित्तो भाडो ननिकाल नि आज तिमीले रित्तो भाडो निकालेकोले मेरो काम पनि बनेन र मोटरसाइकलको पाङ्ग्रा पनि पन्चेट भयो नि” भन्यो।“हुन्छ हजुर अबदेखि हजुर घरबाट बाहिर निस्कदा म कहिल्यै पनि रित्तो भाडो निकाल्दिन” उसकी श्रीमतीले भनिन्।
-अरुण नदी खत्री
सामाखुसी मार्ग , ९३५÷५४,
सरकारी धारा, काठमाडौं
प्रतिक्रिया