बेलायतद्वारा जि७ शिखर सम्मेलन अघि युक्रेनलाई थप १.६ बिलियन डलरको सैन्य सहयोग गर्ने घोषणा

इनेप्लिज २०७९ वैशाख २५ गते १०:४६ मा प्रकाशित

 

बेलायतले जि७ शिखर सम्मेलन अघि युक्रेनलाई थप १.६ बिलियन डलरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई थप १.३ बिलियन पाउण्ड (१.६ बिलियन डलर) सैन्य सहयोग र सहायता उपलब्ध गराउने छ, वित्त विभागले (ट्रेजरी)ले एक विज्ञप्तिमा जनाएको छ ।

यो घोषणा आइतवार भर्चुअल जि ७ (परोक्ष )शिखर सम्मेलनको अगाडि आएको हो , जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की समेत संलग्न हुनेछन्।

शनिबार जारी गरिएको वित्त विभागको वक्तब्य अनुसार उक्त वाचा इराक र अफगानिस्तानमा गरेको सहयोग भन्दा बेलायतको सैन्य खर्चको सबैभन्दा उच्च भएको बताइएको छ ।

यस हप्ताको सुरुमा, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई बिधुतिय युद्ध उपकरण, मार हान्ने तेजोन्वेष (रेडार) प्रणाली, बिधुतिय अवरोध उपकरण ,युद्धक्षेत्र उपकरण, हजारौ रात्री दृश्य उपकरणहरू सहित ३७० मिलियन डलरको सैन्य सहयोगको वाचा गरेका थिए ।

नयाँ प्रतिज्ञाले युक्रेन युद्धमा बेलायतको अघिल्लो खर्च प्रतिबद्धतालाई झण्डै दोब्बर बनाउने छ ।

जोन्सन र उनका रक्षा सचिवले यस महिनाको अन्त्यमा रक्षा प्रतिष्ठानहरूको बैठकको आयोजना गर्नेछन् । “युक्रेनमा द्वन्द्व र रुसी निर्मित हतियारबाट विश्वव्यापी रूपान्तरणको प्रतिक्रियामा उत्पादन बढाउने विषयमा छलफल गर्ने ,” भनि विज्ञप्तिमा थपिएको छ।

प्रतिक्रिया