जोगिन्दरले काँग्रेसलाई सघाउन बनाए कमेडी ‘काँग्रेसमा भोट किन ?’
काठमाडौंँ।३० बैशाखको स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकर्मीहरुले आफु नजिकका राजनीतिक दललाई सघाउने उदेश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन्।
यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले ‘काँग्रेसलाई भोट किन ?’ हास्य ब्याङ्ग्य ल्याएका छन्।उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा रुखमा भोट हाल्न आग्रहदेखि काँग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ।
२७ मिनेट २३ सेकेन्डको हास्य ब्याङ्ग्य नेपाली काँग्रेस निकट नेपाल साँस्कृति संघको युट्युव मार्फत सार्वजनिक गरिएको छ।
नेपाल साँस्कृति संघका महामन्त्री समेत रहेका रिजालले ‘काँग्रेसमा भोट किन ? नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले बनाएको बताए।
रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चाकमा छन्।उनले यस अगाडि निकै लोकप्रिय कमेडी शो ‘जोगिन्दर’ समेत चलाएका थिए।
जोगिन्दर उपनामले परिचित रिजाल आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने बताउँछन्।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया