साला मित्रे
सबैले मेरो फोन उठाए तर मेरो उठाएन
साला मित्रे
ठूलो बन्यो भनु टोपी लाएर हिड्छ
साला मित्रे ठग हो भनु आफै लडेको छ
सामाजिक परिवर्तनको लागि
साला मित्रे चोर हो भनु पानी मात्र भनिरहेको छ
साला मित्रे
लुटतन्त्रमा बिश्वास गर्छ भनु आफै बार बार प्रणालीको बिरोध गरिरहेको छ
साला मित्रे के हो के बुझ्न गार्हो भो
साला मित्रे
दुनियाँमा घुम्दा एक दिन पनि व्यक्तिगत कुरा गरेन
साला मित्रे सधै समाज भन्दा भन्दै सामाजिक सिस्टम ठिक होस् भनिरहेको छ
साला मित्रे
अरु भोड्काको कुरा गरे,
अरु सुन्दरीको कुरा गरे ,,
बन्दुकको कुरा गरे,
कुर्सीको कुरा गरे,,
जे गरे स्वार्थको कुरा गरे ,
साला मित्रे,
मात्र पानीको कुरा गर्यो ,
युरोप देख्यो,युरोप बस्यो
तर,
कसैको नजरमा पाखे टोपि लगायो,
चप्पल लगायो,हिड्यो,
गाडीको त कुरा छोडौ साइकल पनि चलाऊन सिकेन
घर नै आउँदैन खै के हो के बुझ्नै सकिएन
एम ए पढेर के नाप्यो र बरु युरोपमा भाडा पो मिस्न तम्सिन्छ यार
त्यो भाडा मिस्न पनि साला मित्रे पोल्यान्ड छिरेछ
साला मित्रे
के हो के
भाडा मिस्यो बरु हात जोड्दैन
तर पानी मात्र माग्छ यार साला मित्रे
पानी मागिरह्यो,,
निरन्तर बोलिरह्यो बोलिरहेको छ
साला मित्रे,
अझै पानी भन्न छोड्दैन ,,
पानी प्यास मेटाउने कुरा गर्यो,
लागिरह्यो लागिरह्यो ,,
साला मित्रे,
आफ्नो कुरा गरेन ,,
अरुको कुरा गरिरह्यो ,
साला मित्रे,
लाखौ लाख कमाएन ,,
केहि लाख दान दिएर धर्म गर्न चाहेन
साला मित्रे,
सोचिरह्यो अरुको लागि ,
साला मित्रे,
दुनियाँलाई चिनेको छ,तर झुकेन ,,
साला मित्रे,
पानी मात्र भन्छ ,,
न त राजा भन्यो,
न त रानी भन्यो ,,
मात्र पानी भन्यो,
नत शुलीको कुरा गर्यो ,,
बरु त्रिशुलीको कुरा गर्यो
न त फुलीको कुरा गर्यो ,
साला मित्रे मेरो फोन उठाएन
केटीको मात्र उठायो
साला मित्रे सधै बिजि छु भन्यो
तर ५ वर्ष भो गाउँ पुगेन
साला मित्रे दुनियाँले घडेरी जोडे
देश च्यात्नेले सलाम पाए
देश भाड्नेले मान पाए
साला मित्रे बुझ्न गार्हो भो
के हो के साला मित्रे
त्यो साला पानी मात्र भनेको छ
साला मित्रेसित फोटो खिचेर पनि गाउँमा व्यापार गरे
साला मित्रेको नाम लिएर
पल्लो कुनाबाट अबैध ब्यापार गर्दैछ
साला मित्रे गाउँमा बाउ आमा रोएका छन्
तर फोन नै गर्दैन
साला मित्रे
तर साला मित्रे बाउ आमा खुशी राख्न सकेको छैन
पानी मात्र भन्छ यार बुझ्नै सकेन
साला मित्रे एम ए पढेर के नाप्यो र
गाउको बिरेले बङाला खडाएको छ
गाउको रामेले घडेरी जोडेर प्रगती गरिसक्यो
साला मित्रे १४ बर्षा भो युरोप हराइसक्यो
साला मित्रे पढेर के नाप्यो र
२ पासा गर्नेले १० वटा घर घडेरी बनाइसक्यो
साला मित्रे
घर नै आउँदैन खै के हो के बुझ्नै सकिएन
साला मित्रे युरोप छिरेर के पो गर्यो र
गाउको श्यामे साउदी गएर पनि घडेरी जोडेको छ
साला मित्रे बुझ्न गार्हो भो के हो के ?
जुवातास पनि खेल्दैन
जाडरक्सी पनि खासै पिउदैन
तर साला मित्रे
किन पानी र इमान्दारीता भनिरहेको होला ?
कहिलेकाही भोड्काको कुरा गरे हुन्थ्यो नि
साला मित्रे बुढा बा आमासित बसे हुन्थ्यो नि
साला मित्रे दुई चार लाख लागेको रिन जग्गा बेचेर फाले हुन्थ्यो नि
साला मित्रे नर्वे लुकेर बसे हुन्थ्यो नि
साला मित्रे हरियो पासपोर्ट च्यातेर बसे हुन्थ्यो नि
साला मित्रे रातो पासपोर्ट लिएर बसे हुन्थ्यो नि
साला मित्रे खै के भन्छ खै के हो के उफ !
(यो रचनाको शिर्षक कुनै एक जना जड्याहाले कुनै भट्टीमा मेरो बारेमा बोलेको सुनेपछि जस्ताको तस्तै शिर्षक राखेर ब्यङ्यात्मक रुपमा प्रस्तुत गरिएको हो र यसलाई व्यंग्य नै बुझिदिनु हुन अनुरोध ) मित्र लाल पार्दे पानी अभियानकर्ता पोल्यान्ड
प्रतिक्रिया