स्थानिय बासिन्दा

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख २३ गते ९:५४ मा प्रकाशित

 

सुख्खा मौसममा सबैको आ–आफ्नो घरमा जडान गरेको धाराबाट पानी नआउँदा मैले आफ्नो घरबाट एउटा ग्यालिन लिएर रानीबारीको ढुङ्गेधारामा एकदिन बिहान उठेर खानेपानी लिन पुगेको थिए।पानी लिन जाने सबैले आ–आफ्नो ग्यालिन,गाग्री र बाल्टीन लाइन बनाएर राखेका थिए।मैले आफ्नो ग्यालिन लाइनमा राख्दा करिब पाँच मीटर पछाडि परेको थियो।ढुङ्गे धारासंगै घर बनाएर बसेकी एकजना आइमाईले आफ्नो पानी थाप्ने गाग्री बोकेर ल्याईन् र लाइनमा नराखीकन धारा अगाडि लगेर आफ्नो गाग्रीमा पानी थाप्न थालिन्।

मैले धारासंगै घर हुने आइमाईले आफ्नो गाग्री ल्याउने बित्तिकै पानी थापेको देखेर सोध्न पुगे “तपाईले आफ्नो गाग्री लाइनमा नराखिकन कसरी पानी थाप्न पाउनु भयो नि ?” “म यही धारा नजिकैको स्थानिय बासिन्दा भएकोले लाइनमा बस्नु नपरेको हो” ति आइमाईले भनिन्।“त्यसो भए हामीले पनि यहि धारा नजिकै आएर जग्गा किनेर घर बनाएर बस्नु पर्ने भयो, पानी थाप्न लाइनमा नबस्नको लागि” मैले भने। “यहाँ घरजग्गा बेच्ने कोही छैनन् त्यसैले तपाईले यहाँ घर बनाएर बस्न पाउनु हुंदैन” ति आइमाईले भनिन्।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

 

 

 

प्रतिक्रिया