‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

इनेप्लिज २०७९ वैशाख २२ गते १०:३३ मा प्रकाशित

काठमाडौंँ।‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन्।राजधानीको ग्लोबल स्कुल अफ साइन्स्,पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन्।छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेन्हाइटमा आयोजना हुँदैैछ।जसमा १८ बर्षदेखि २९ बर्षसम्म युवती र १९ देखि ३४ बर्षसम्मका युवाले भाग लिन सक्नेछन्।प्रतियोगीताका लागि ई–सेवा मार्फत समेत आवेदन दिन सकिनेछ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिष्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्यान्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना थालेका हुन्।उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि पुरुषहरुको सबैभन्दा ठुलो अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस्टर सुप्रन्यासनल’मा सहभागी भएका थिए।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगीता मध्य शिर्ष ३ भित्र पर्ने गरेको छ।‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने प्रतियोगीता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविश्य निर्माणमा सहयोग पुर्याउने आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।

प्रतियोगीताको अडिसनबाट छानिएका प्रतियोगी पौडी, शारारिक फिटनेश, फोटो सेसन,व्यक्तित्व विकास सम्वन्धी बिभिन्न प्रशिक्षण सहित फाइन स्पर्धामा उत्रिनेछन् ।

४ एपिसोडको रुपमा इमेज टेलिभिजनबाट समेत प्रसारण हुने प्रतियोगीताको अन्तिमस्पर्धा मे २९ अर्थात जेष्ठ १५ गते गोदावरी कन्भेन्सन सेन्टरमा भब्य समारोहक बीच आयोजना हुनेछ।प्रतियोगीताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउँनेछन्।

सनुर्भी फाइनरी प्रायोजक रहेको ‘मिस्टर एन्ड मिस सुप्रन्यासन’ ७ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्।प्रतियोगीतामा प्रशान्त ताम्रकार,मिष्टर नेपाल डा.सन्तोष उपाध्याय,‘मिस्टर नेपाल २०१७ ’का विजेता तथा मिस वल्र्डका टप १२ पुग्न सफल अक्षय जङ रायमाझी,गायिका सोना आमात्य पहिलो अडिसनको निर्णायकमा रहेका थिए।

प्रतिक्रिया