डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक

इनेप्लिज २०७९ वैशाख २२ गते १०:०३ मा प्रकाशित

काठमाडौं।विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ।‘मन बिगार्‍यो स्त्री जातैले,तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो।बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ।रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ।एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभयो ।
गीतसङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन्।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । कीर्तिमानी गीतकार डा. उपाध्याय दर्जनौ अवार्ड, पुरस्कार बाट सम्मानित हुनुहुन्छ ।

प्रतिक्रिया