आइतबार, असार १२ २०७९
काठमाडौं २३:४७
वासिङटन डिसी 14:02

अ‍ैले चैं म कुन पार्टीको रे ?

व्यङ्ग्यम्

सञ्जय साह मित्र २०७९ वैशाख २२ गते ९:५३ मा प्रकाशित

आजभोलि मजस्तो पिएलाई हैरान छ।म जस्तो भन्नाले कुनै विशेष अर्थ दिँदैन भने सोझै माननीयज्यूले नियुक्त गरेको पिए बुझ्नुपर्छ।उसो त पिएको कुनै भ्याकेन्सी भएको थाहा छैन।पिएमा नियुक्ति भएपछि खै के मनमा आएर हो, एक्चोटि पिए सेवा आयोगको बेब्साइट खोलेर पिएको पाठ्येक्रम र योग्यता जान्न खोज्या थें तर पढेलेखेको भए पो था पाउनु।उत्निखेरै मनमा एउटा भावना प्रादुर्भाव भो – पढ्या लेख्या मनुवाका लागि लोक्सेवा आयोग त छँदैछ नि । हाम्लाई पो खाँचो हुन्छ त माननीयज्यूहरुको।

पिए सेवाको जागिर केही पढ्या लेख्या मनुवाहरुले नै बिगारेका हुन् । पढेर लेखेर ज्ञान आर्जन गरेर इमानदार हुनु,कर्तव्यनिष्ट हुनु र पढाइलेखाइको इज्जत राख्नु कता हो कता,हाम्जस्ताले गर्ने पिएको नोकरी पनि गर्छन्।

पिएको नोकरी गज्जबको छ।न स्थायी न अस्थायी।मन मिलेसम्म गर्न पाइने सरकारी नोकरी यही हो।सरकारले दिएको पैसा पिएले तलब पाउने भएकोले सरकारी नोकरी भन्दा अत्युक्ति नहोला।

म श्रीमान् हुँ र मेरी श्रीमती मेरो मालिक।भन्नुको तात्पय म आफ्नी श्रीमतीकै पिए हुँ।अलिकति होसियार केटी हेरेर पैलै बुद्धि पुर्याई बिहे गर्दा एस्तै फाइदा हुने रे।

अ‍ैले जमाना छ समानुपातिक समावेशीको।मेरी श्रीमती एही योग्यताका कारण माननीय बनेकी हो र म माननीयज्यूको पिए हुनुमा माननीयज्यूको आज्ञाकारी र अनुशासित पति हुनु पनि हो । म पैलेदेखि यति योग्य अवश्य थिएँ कि पत्नीजीको अगाडि चूँसम्म बोल्दिनँथे । मेरो यही योग्यताले नै पत्नीजीलाई नेताइन बन्ने मनमा मलजल गरेको हो।कैलेकाहीँ मलाई झर्केर गर्ने गाली र चाडपर्वमा एक दुई थप्पड खाँदा पनि केइँ नबोल्न नसक्ने मेरो पुरुषार्थले मेरो योग्यता प्रमाणित गरेको हो।
राजनीतिमा पार्टी परिवर्तनको जुगमा छौँ।जस्ले जता जस्सरी सुविधा पाउँछ, पार्टी परिवर्तन गरे हुन्छ।मलाई त पार्टी परिवर्तन गर्ने पर्दैन।माननीयज्यूको पार्टी परिवर्तन भयो कि छाँयाजस्तै स्वतः परिवर्तन भइहाल्छु।
मेरो एक छिमेकी छ पिए।ऊ मेरो भाइ हो।मैले नै आफ्नो सोर्स लगाएर उस्लाई पिए बनाइदिएको हुँ।भन्न त मैले आफ्नै भाइ भनेको छु तर मेरो भाइसाइ केइँ पनि होइन।रातबिरात म उस्को घर जान्छु र रातबिरात मेरो घर पनि आउँछ ऊ।आज मेरो माननीयज्यूको कतै कुनै कार्यक्रम छैन र संयोगले भाइ पनि घरैमा छ।बार्दलीमा आँखा जुध्छन्।
म:आईँँ,तँ आज घरै ?
ऊ:तिम्रो माननीयज्यू घरमै हो ?
म:माननीयज्यूले मेरो जुठो भाँडो माझिसक्नु भयो । मैले नुहाएको मेरो कट्टु धुँदै हुनुहुन्छ।माननीयज्यूलाई रेडी हुन एकघन्टा लागिहाल्छ।अँ,तिम्रो माननीयज्यूलाई सञ्चो भएन कि ?
ऊ:कैले बिसञ्चो होला र छुट्टी पाऊँला भन्ने लागिरहन्छ।
म:तँ आज घरैमा हो ?
ऊ:किन घरमा नदेखिएर म अन्तै देखिराछु?मेरो यो बरन्डा तिम्लाई कतै बाहिर देखिया छ ?
म:अरे गधा, मैले जान्न खोजेको आज तिमी किन घर ?
ऊ:म आफ्नो घराँ नभएर तिम्रो घराँ हुनुपर्ने हो ?
म:तिम्रो माननीयज्यू कहाँ जानुभएको छ ?
ऊ:उहाँ आफ्नै घराँ र म आफ्नै घराँ ।
म :किन ?
ऊ:आज दुई पार्टीका सरदारहरू आउने रे । दुई पार्टीले मेरो माननीयज्यूलाई अफर गरिरहेका छन्।कुन पार्टीले बढी बोली लगाउने हुन् ? उतैतिर जान सजिलो हुन्छ,त्यहीँ भएर फोन नगरेसम्म म घरमै बस्नुपर्ने हो तयारी भएर । फोन बज्यो कि कुद्यो।
म:तिम्रो माननीयज्यूको डाँक बढाबढमा जल्ले बढी दाम लगाउँछ,उतै जाने हो ?
ऊ:मेरो माननीयज्यूलाई हेप्छस् ? पिएको कट्टु धुने तिम्रो माननीयजस्तो भन्ठान्यौ कि के हो ?
म:जे भए नि घरको कुरो घरमै छ।तेरो माननीयज्यूलाई जुन दलले बढी चिल्लो दल्छ,त्यत्तै लच्किने हो कि होइन ?
ऊ:राजनीतिमा लागेपछि पद,पैसा र हैसियत चाहिन्छ।जल्ले दिन्छ त्याँ आफैँ सम्मान आइहाल्छ नि।अ‍ैलेसम्म सप्पैतिर यस्तै हुँदै आको छ।
म:तैँले तेरो माननीयज्यू अ‍ैलेसम्म कति पार्टीको फेरो लगाको जानकारी पाछौ ?
ऊ:धेरैले सम्मान गर्नु र एकपछि अर्को पार्टीलाई सम्मान गर्दै तिनीहरुको सदस्यता ग्रहण गर्नु र फेरि तिनलाई छाड्नु सप्पैले सक्ने कुरो हो र ? हाम्रा माननीयज्यूहरूले जब देख्नुहुन्छ कि अब मभन्दा बढी इमानदार कोई छैन तब एक फड्को मार्नु हुन्छ।
म :भन्न खोजेको दल बदल्नु हुन्छ ?
ऊ:हो नि।कैलेकाईँ त एत्तिखेर कुन दलको माननीयज्यूको पिए छु,त्यैँ पनि सम्झिनुपर्ने हुन्छ।अझ चुनावको समय नजिकिँदा त झन् धेरै हुन्छ।
म:मेरो माननीयज्यूको पनि त्यैँ हालत त हो नि।एकै छिनाँ कुन पार्टी र फेरि आर्को छिनाँ कुन पार्टी।बरु बिरालोलाई डेरा सार्न अप्ठ्यारो हुँदो हो तर हाम्रा माननीयज्यूलाई पार्टी सार्न कुनै अप्ठ्यारो लाग्दैन।
ऊ:कुनै पार्टीको चिन्हबाट चुनाव जित्ने साँसदलाई यस्तो मौका हुँदैन।तिम्रो माननीज्यू स्वतन्त्र हुनुहुन्छ र मेरो माननीयज्यू एक्लै आफ्नो पार्टीबाट। समानुपातिकबाट समावेशी आधारमा साँसद बनेपछि सुटुक्क अर्को दल दर्ता गरेको ।आफ्नै हातमा डाँडु र आफ्नै हातमा पन्यु।
म :ए मूला,तेरो माननीयज्यू अ‍ैलेसम्म कति दल बदल्नु भो?
ऊ:पख,अ‍ैले म डायरी हेरेर भन्छु।तिम्रो माननीयज्यूको दलको ठेगान छ ?
म:एकै दलमा रहिरहने नेताको कुनै भैलु हुँदैन।एकै ठाउँमा जमिरहने पानी फोहोर हुन्छ।नेता भनेको गतिशील हुनुपर्छ।जनताले पनि नेताको बौद्धिकता,विद्वता र इमानदारी यसैमा हेर्छन्।एकै ठाउँमा रहिरहने नेता कहिल्यै नचल्ने वा धार नलाग्ने खुकुरीजस्तो खिया लाग्न पुग्छ।
ऊ:खूब बोलिस्।तेरो दर्शन सुनेर त तिम्री श्रीमती होइन, तिमी साँसद हुनुपथ्र्यो ।
म:मेरै लगानी,संघर्ष र त्यागले त पार्टीले समानुपातिकबाट उल्लाई माननीय बनाएको हो।
ऊ:तिम्रो छलकपट, दाउपेच र षड्यन्त्रले काम गर्योअनि त,केही वर्षमै सप्पै सहराँ घर घडेरी जोरिस्, गाडी र ब्यांक ब्यालेन्स बनाइस्।
म :यो त राजनीतिको कमाइ हो।राम्रो मान्छेलाई जताबाट दाम आउँछ उतै काम गर्नुपर्छ।आखिर यसै देशको लागि राजनीति गरेको न हो।
ऊ :अँ आज तिम्रो माननीयज्यू कुन पार्टी को ?
म : बिहान ओछ्यानमा सँगै हुँदासम्म त कुखुरी पार्टी भन्थी । अ‍ैले चिया खानेबेलाँ खुकुरी पार्टी रे।तेस्पछि अ‍ैलेको प्रगति मलाई था भएन । अनि तिम्रो ?
ऊ :त्यैँ त भन्या । अ‍ैलेसम्म फोन आएन।दुइटा पार्टी बस्या होलान् । तेस्रो पार्टीले फोन गरेर अझ बढी मोल लगाएको होला,अनि कुरो मिलेन होला ।
म :म त जनतालाई भेंडा ठान्छु । एस्ता माननीयज्यू जसको आफ्नो पार्टीको ठेगान छैन, जल्ले सप्पैभन्दा बढी मोल वा झोल दिन्छ,उतैतिर लहसिनेलाई पनि के पत्याएका होलान्?एसरी पत्याउने भेंडा नै होइन।
ऊ :हाम्रो जातको बहुमत छ।जातको नेतालाई जातले पत्याउने हो।जुन जातको जनता हुँदैन,त्यो जातको नेताले केईँ प्रगति गर्न सक्दैन।
म :त्यैँ त,जातको पछाडि,व्यक्तिको पछाडि कुदेको छ।चुनावको बेला मासुको पछाडि,रक्सीको पछाडि र पैसाको पछाडि आफूलाई केन्द्रित बनाउने जनतालाई के भन्ने ?

ऊ : तिम्री माननीयज्यूले इसाराले बोलाउँदै हुनुहुनुहुन्छ । देखिस्, एकछिन गफ गर्न दिन्छन् माननीयज्यूहरू ?

म : मेरो पनि माननीयज्यूको पार्टी बदलेजस्तो छ ।
हामी एक अर्काको मुख हेरेर हाँस्दैछौँ । त्यत्तिबेलै मेरो माननीयज्यूको प्रश्न आउँछ – अ‍ैले चैँ म कुन पार्टीको रे ?

जिस्क्याउँदै उत्तर दिन्छु –जाँ बोलाएको छ,त्यहीँ गएर कार्यकर्तालाई सोधे पनि हुन्छ नि,केको लाज ? हामी एकै पार्टीको दास हो र,पार्टीको नाम याद राख्नै पर्ने।

आजभोलि म जस्तो पिएलाई हैरान छ।म जस्तो भन्नाले कुनै विशेष अर्थ दिँदैन भने सोझै माननीयज्यूले नियुक्त गरेको पिए बुझ्नुपर्छ।उसो त पिएको कुनै भ्याकेन्सी भएको थाहा छैन।पिएमा नियुक्ति भएपछि खै के मनमा आएर हो, एक्चोटि पिए सेवा आयोगको बेब्साइट खोलेर पिएको पाठ्येक्रम र योग्यता जान्न खोज्या थें तर पढेलेखेको भए पो था पाउनु।उत्निखेरै मनमा एउटा भावना प्रादुर्भाव भो – पढ्या लेख्या मनुवाका लागि लोक्सेवा आयोग त छँदैछ नि । हाम्लाई पो खाँचो हुन्छ त माननीयज्यूहरुको।

-सञ्जय साह मित्र

रौतहट

प्रतिक्रिया