अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
गोफन्ड मी खाता संचालनमा
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,
अमेरिकाको न्यूजर्सी राज्यमा सवारी साधन भटभटे(मोटरसाइकल) दुर्घटनामा परि निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान गरिएको छ । नेपाल लैजान निकै खर्च जुटाउनु पर्ने हुनाले गोफन्ड मी खाता संचालनमा ल्याईएको छ । निधन हुने नेपालीको नाम पृथ्बी लम्साल हो ।
यो समाचार लेख्दा सम्म करिव ७ घण्टा अगाडी संचालनमा ल्याईएको गो फण्ड मि ४० हजार डलरको लक्ष्य राखिएको छ भने १० बजे राती सम्म २४ हजार ९ सय डलर संकलन भै सकेको छ ।
सामाजिक संजालमा जताततै यो दुखद खबरको सहयोगको लागि प्रकाशन गरिएको छ । उक्त गो फण्ड मी लेनिन कंडेलले संचालन गरेका हुन् ।
२९ बर्षिय स्व लम्साल म्यासाचुसेट्सको नर्थइस्टर्न बिश्व बिद्यालयबाट उत्रीण भै कामको सिलसिलामा बिगत एक डेढ बर्ष देखि भर्जिनिया बस्दै आएका थिए ।
गो फन्ड मी का अनुसार न्युयोर्कमा साथीलाई भेटी भर्जिनिया फर्कने क्रममा न्यूजर्सीमा गत मे १, २०२२ आइतबार करिब ९ बजे तिर मोटरसाइकल (भटभटे) )मा दुर्घटना भएको थियो ।
त्यहाको राज्य प्रहरीले नजिकै रहेको कुपर अस्पतालको ट्रमा सेन्टर(आघात केन्द्र)मा पुर्याएको र उनको उपचारकै क्रममा गत मे ३ मंगलबार का दिन असामयिक निधन भएको घोषणा गरियो भनि गो फन्ड मीमा उल्लेख गरिएको छ ।
साथै मृतक पृथ्बी लम्सालका बुबा आमाको चाहना अनुसार पार्थिब शरीरलाई नेपाली संस्कार अनुसार नेपालमा नै अन्तिम संस्कार गर्ने तिब्र इच्छा गरेकोले
सहयोगि मनहरुबाट आर्थिक सहयोगको अपेक्षा गरिएको भनि सबैलाई अपिल गरिएको छ ।
यस दुखद घडीमा ईनेप्लिज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।
सहयोग गर्न यहाँ थिच्नु होला :
https://www.gofundme.com/f/help-to-take-prithvis-body-to-nepal?utm_campaign=
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया