लकडाउन

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख २१ गते २३:३४ मा प्रकाशित

विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड–१९ जस्तो महामारी रोगबाट जोगिन देशमा सरकारले लकडाउन गर्यो।लकडाउन गरेपछि ज्यालादारी काम गरेर जीविका चलाउनेहरुलाई बिहान र बेलुका खाना खान धौ धौ पर्यो।पचाँस वर्षका हेमबहादुरका श्रीमती र दुईजना छोरा र एउटी छोरी थियो।हेमबहादुर माइक्रोबसको खलासी थियो।माइक्रोबसमा चढ्ने यात्रुहरुसंग पैसा उठाउने गर्दथ्यो। लकडाउन भएपछि गाडीहरु चल्न बन्द भएपछि उसको परिवारलाई बिहान बेलुकाको छाक टार्न निकै धौ धौ पर्यो।कोठा भाडा तिर्न पनि उसलाई गाह्रो पर्यो ।घरधनीले एकमहिनासम्मको भाडा छुट दियो।एक महिनाको त छुट दियो अरु महिना काम गर्न नपाएपछि घरधनीलाई भाडा दिन उसले सकेन।

घरधनीले भाडा माग्न जाँदा उसले “लकडाउन खुलेर गाडीहरु चल्न थालेपछि मात्र मैले हजुरलाई भाडा तिर्न सक्छु नत्र तिर्न सक्दिन घरमालिक बुबा” भन्यो। घरमालिकले “हाम्रो आम्दानी भनेको यही घरभाडा नै हो घरभाडा आएन भने हामीलाई पनि तिमीलाई जस्तो खान गाह्रो पर्छ” भने।“त्यसो भए सरकारले लकडाउन चाडै हटाओस् भनेर भगवानलाई सम्झेर प्रार्थना गर्नु प¥यो घरमालिक बुबा” डेरावाल हेमबहादुरले भने।“लकडाउन हटाएर के गर्ने कोरोना जस्तो महामारी रोगको औषधि भ्याक्सीन छिटो बनोस् भनेर भगवानसंग प्रार्थना गर्नु ठिक हुन्छ नि” घरमालिकले भने।

अरुणबहादुर खत्री “नदी”

मोबाइल नं. ९८४१७९७६६४
सामाखुशी साहित्य समाज,काठमाडौं।

 

 

 

 

प्रतिक्रिया