पोखरामा बाबुछोरीको ज्या’न जाने गरी भएको दुर्घ’टनाका फ’रार कार चालकलाई प्रहरीले गर्यो सार्वजनिक- भिडियो सहित

इनेप्लिज २०७९ वैशाख २१ गते २२:०९ मा प्रकाशित

पोखरा।पोखरामा बाबुछोरीको ज्या’न जाने गरी भएको दुर्घ’टनाका फ’रार कार चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।

बाबु छोरीको ज्या’न जाने गरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा भएको सवारी दुर्घ’टना पश्चात भागे’का कार चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा काठमाण्डौ जिल्लाको महाराजगंजबाट प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा कार चालक पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं.१ बस्ने २७ वर्षीय एन्जिल बम मल्ल रहेका छन् । बैशाख १८ गते आइतबार बिहान
पोखरा बागलुङ्ग राजमार्गमा पर्बत जादै गरेको ग३च ३५२५ नम्बरको मल्लले चलाएको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिंदा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृ’त्यु भएको थियो।

उक्त दुर्घ’टनापछि फ’रार रहेका कार चालकलाई प’क्राउ गरि आज कास्की प्रहरीले सार्बजनिक गरेको हो।मल्ललाई प’क्राउ गरी सम्मानित कास्की जिल्ला अदा’लतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मु’द्दामा दिन ७ को म्यादथप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया