च्याम्पियन्स लिग फुटबल : भिल्ला रियललाई हराउँदै लिभरपुल फाइनलमा
इनेप्लिज
२०७९ वैशाख २१ गते १०:०५ मा प्रकाशित
काठमाडौं।लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ।आज बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई ३-२ गोलले हराएको हो।
भिल्ला रियलको घरेलु मैदानमा पहिलो हाफमा डीया र कोकिलिनले एक/एक गोल गरेपछि लिभरपुल पछि परेको थियो।दुई गोलले पछि परेको अवस्थामा लिभरपुलले दोस्रो हाफमा पुनरागमन जित निकालेको हो।लिभरपुलका फर्बिन्हो,लुइस डियाज र साडियो मानेले एक/एक गोल गरे।खेलको ८५ मिनेटमा भिल्लारियल १० खेलाडीमा सिमित भएको थियो । उसका कापोइ दोहोरो पहेंलो कार्ड पाएर बाहिरिएका थिए।
पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २-० को जित निकालेको थियो।समग्रमा लिभरपुल ५-२ गोलको अग्रतासहित फाइनलमा पुगेको छ।अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड रम्यानचेस्टर सिटी बिचको विजेतासँग खेल्ने छ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया