विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘पहेली’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक

इनेप्लिज २०७९ वैशाख २० गते ९:५४ मा प्रकाशित

काठमाडौं,विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘पहेली’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।लिरिकल भिडियो एल्बममा ‘कोसिस हजार…’, ‘ए साइँली…’, ‘आमा’, ‘गाँसेर प्रिती…’ जस्ता गीत समावेश छन्।सबै गीतमा मेट्रोन प्रयोग गरिएको यो पहिलो गीति एल्बम हो।जसले विश्व रकेर्डसमेत कायम गरेको छ।एल्वममा रहेका गीतमा सागर अधिकारी ‘शरद’,एलिना चौहान र अनु चौधरीको स्वर रहेको छ भने सागरकै सङ्गीत छ।लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

गीतसङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन्।

यस्तै उहाँका ‘बज्रघात’,‘त्यागी’, ‘भाग्यचक्र’,‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’,‘अतिरिक्त’,‘दगाबाज’,‘अधुरो प्रेम’,‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन्।दर्जनौ अवार्ड,पुरस्कार बाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित पनि गरिएको थियो।

प्रतिक्रिया