पोखरा।कास्कीमा हिजो बिहान भएको सवारी दुर्घ’टनामा ग’म्भीर घा’इते भएका बाबुको पनि मृ’त्यु भएको छ ।
आइतबार बिहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा पोखराबाट पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिंदा छोरीको मृ’त्यु भएको थियो भने बाबु ग’म्भीर घा’इते भएका थिए।
उक्त दु’र्घट’नामा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया सबिना पुनको मृ’त्यु भएको थियो भने उनका बाबु ४५ वर्षीय जितबहादुर पुन ग’म्भीर घा’इते भएका थिए । घा’इते पुनको शरीरका विभिन्न भागमा चो’टप’टक लागेकाले तत्काल उपचारको लागि मेट्रोसिटि हस्पिटल पोखरामा लगिएको थियो । ग’म्भीर घा’इते भएका पुनको आज बिहान उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फ’रार सवारी चालकलाई प’क्राउ नगरेसम्म ला’स बुझ्न नमान्ने परिवारले बताएको छ । दुवै बाबु छोरीको ला’स मेट्रोसिटि हस्पिटल पोखरामा रहेको छ ।
प्रतिक्रिया