टिजर पछि ‘आमा’को ट्रेलर सार्वजनिक

इनेप्लिज २०७९ वैशाख १९ गते १०:१३ मा प्रकाशित

काठमाडौं,र्‍याप गीत ‘आमा’को टिजर पछि ट्रेलर सार्वजनिक भएको छ।सुनम घले र रुथलेस को र्‍याप गीत ‘आमा’को ट्रेलर सार्वजनिक भएको हो।रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ।रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको ट्रेलरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ।

नेपाली र्‍याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ।यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’,‘सान’लगायत र्‍याप गीत युवामाझ लोकप्रिय छन्।यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो।

गीतको भिडियो यही वैशाख २२ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ।गीतको भिडियोमा मञ्जु श्रेष्ठ,युगज्योति क्रियाशील,रुथलेस, सुनम घले,दर्शिल पन्त,विजय खत्रीको अभिनय छ।

प्रतिक्रिया