काठमाडौं।फलाहार पूर्वीय सभ्यताको एउटा महत्त्वपूर्ण जीवनशैली हो।प्राचीनकालका ऋषिमहर्षिहरूले प्रतिपादन गरेको वैज्ञानिक जीवनकला हो।मानव मनमस्तिष्कलाई चुस्त र देहलाई स्वस्थ राख्न पाश्र्वअसर (साईड ईफेक्ट) रहित जीवन विज्ञानको रूपमा हाम्रा पुर्खाहरूले उम्रेका तथा फलेका चीजहरूको मात्रै सेवन गरी पूर्ण शाकारहार जीवन यापन गर्ने पद्धति बसालेका थिए जसलाई फलाहारी भनिन्छ।यसैलाई पछिल्लो समयमा भिजन भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बोधन गर्न थालिएको छ।
फलाहार जीवनको बारेमा पछिल्लो समयमा पनि खोजसोध र अनुसन्धान हुन थालेको छ।स्वस्थ रहनको लागि अनाज पनि अर्गानिक खानुपर्छ,खाद्य वैज्ञानिकहरूले भन्न थालेका छन्।जब कि प्राचीनकालमा पूर्णतया अर्गानिक अनाजमात्रै हुन्थ्यो। जब खेतीमा विषादी र रासायनिक मलको प्रयोग बढ्यो अर्गानिक अनाजको उपलब्धि कठिन भयो।त्यतिमात्रै होइन पशुपालन र प्रजनन् आदिमा समेत कृतिम प्रक्रिया अप्नाउन थालेपछि दुग्धादि पदार्थ पनि पौष्टिक नभएर रोगकारक हुन गयो।जसले गर्दा दुग्धादि पदार्थले पनि मान्छेमा मुटूरोग,आन्द्राको रोग लगायत धेरै रोगहरू बढायो।मांसाहार त क्यान्सर,मुटूलगायतका रोगको सबैभन्दा ठूलो कारक बन्नपुग्यो।आदिइत्यादि कारणले वर्तमानमा पनि विश्वव्यापि रूपमा भिगन (फलाहार) जीवनशैली अप्नाउनेहरू बढेका छन्।भिगनहरूले मांसाहार त परै जाओस् जीवजन्तुको दुध र दुग्धजन्य पदार्थको पनि सेवन गर्दैनन्।
बच्चाकालमा आफ्नो आमाको बाहेक अन्य समयमा अरु कसैको पनि दुध खानु पाप हो भन्ने मान्यता भिगनिजमको पाइन्छ।सामान्यतया शाकाहारी जसले दुग्धजन्य पदार्थ खान्छन् मात्र माछामासु खाँदैनन् हरूलाई त त्यति सहज छैन भने भिगन अथवा फलाहार (पूर्णशाकाहार)जीवनका पारखीहरूलाई विश्वव्यापि रूपमा खानपान व्यवहार कठिन छ नै।जहाँतहाँ भिगन खाना उपलब्ध छैन।यद्यपि फलाहारी (भिगन) भोजनको उपलब्धि त्यति सहज छैन र पनि विश्वव्यापि रूपमा यो जीवनशैली अप्नाउनेहरू बढेर गएका छन्।नेपालमा पनि दिनप्रतिदिन भिगन एक्टिभिस्टहरू बढ्दै गएका छन्।
लोकव्यवहारमा दुग्धजन्य खाद्यलाई शाकाहारी भनेपनि वास्तवमा पूर्णशाकाहारी मानिदैन।पूर्णशाकाहारी हुनलाई फलेको र उम्रेको मात्रै सेवन गर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । दुग्धजन्य पदार्थ गाईभैंसी आदि प्राणीबाटमात्र सम्भव हुने भएकोले पूर्ण शाकाहारीभित्र नपर्ने सम्बन्धितहरू बताउँछन्।
यसै सन्दर्भमा हालै काठमाडौंमा एउटा भिगन विवाहा सम्पन्न भएको छ।अमेरिकामा बस्दै आएका नेपालकी डा.विसल्या न्यौपाने र नयाँ दिल्ली भारतका ई.चञ्चन चौहानको विवाह काठमाडौंका ह्यात होटलमा र भोज होटल शङ्करमा भयो।जसमा मांसमदिरा त परै जाओस् दुग्धजन्य पदार्थको पनि प्रयोग नगरी पूर्ण शाकाहारी रूपमा व्यवस्था गरिएको थियो।पाँचतारे होटलमा विना मांसमदिरा र दुग्धपदार्थको प्रयोग विवाह र भोज भयो भन्दा सामान्यतया सबैलाई अचम्म पनि लाग्नसक्छ।वरबधुलाई आशीर्वाद दिन आएका आफन्ती निम्तालुहरूले भिगन खाना बडो प्रसन्नताको साथमा ग्रहण गरेको देखिन्थ्यो।
विवाहमा मासु नै हुनुपर्छ,वाईन नै हुनुपर्छ भन्ने मान्यता बोकेको समाजको लागि यो एउटा चोटिलो उदाहरण बन्न पुग्यो।विवाहमा आजकाल दुईप्रकारका मान्छेको प्रतिक्रिया सुन्न पाइन्छ।एउटा पक्षले शाकाहारी विवाहमा गयो भने विवाह भनेको त श्राद्धे खान आइए छ भन्छ।अर्कोपक्षले मांसाहारी भोजलाई सिनेभोज भन्छ।तर भिगन भोजलाई कसैले कुनै नकारात्मक प्रतिक्रिया दिनै नपाएको बुझिन्थ्यो।
किन अन्य विवाह भोजको जस्तो नगरेर फरक खालको गर्नु भयो भन्ने प्रश्नमा – संसारमा जे जति अमानवीय कार्य भइरहको छ र पृथ्वी दिप्रतिदिन असुरक्षित हुँदै गएको छ,मानवीयता लोप हुँदै गएको छ,त्यो मान्छेले आफ्नो स्वार्थ पूरा गर्न अन्य प्राणीमाथि गरेको अत्याचारको कारणले भएको छ।यदि विश्व ब्रह्माण्डलाई नियममा राख्ने हो भने पहिला मान्छे नियममा बस्नु पर्छ।हामीलाई दुध खाने अधिकार आफ्नो आमाको मात्रै छ।हामीले आफ्नो लागि अन्य प्राणीका छोराछोरीको आहार चोरेर खाएका छौं,निरीह पशुमाथि ठूलो अन्याय गरेका छौं।अबोध प्राणी माथी अन्याय गरेर हामी मानिसहरू चेतनशी मानव होइन दानव बनेका छौं।मान्छेले वास्तवमा भन्ने हो भने माछामासु मात्रै होइन बच्चाकालमा आफ्नो आमाको बाहेक अन्य समयमा कुनै पनि प्राणीको दुध खान हुन्न।मानव स्वास्थ्यले पनि दुग्धजन्य पदार्थलाई स्वीकार गर्दैन।ऐले धेरै रोगहरू माछामासु र दुग्धजन्य पदार्थबाट हुने गरेका छन्।तसर्थ मान्छेले आफ्नो स्वास्थ्यको लागि पनि भिगन जीवनशैली अप्नाउनु पर्छ,बधु डा.विसल्या न्यौपानेका बुबा जो नेपाल भिगन एसोसियसनका अध्यक्ष पनि हुनुहुन्छ,भन्नुहुन्छ।
प्रतिक्रिया