पोखरामा “अटेरी अभियान” बाट मेयरका उम्मेदवार गणेश पौडेल मिडियामा , एक्कासी किन आयो विवाद ? भिडियो

इनेप्लिज २०७९ वैशाख १८ गते ९:१४ मा प्रकाशित

पोखरा । अटेरी अभियानबाट पोखराको मेयर उम्मेदवार गनेस पौडेलको चुनाव चिन्ह लौरो नै हुने भएको छ । शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई सोही चिन्ह दिएको थियो । तर पछि दिउँसो सो चिन्ह दिन नमिल्ने जानकारी पौडेललाई गराइएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले अटेरी अभियानलाई लौरो चिन्ह दिन नमिल्ने बताएपछि आ’न्दोलन समेत भएको थियो । प्राविधिक त्रु’टि भएको भन्दै चुनाव चिन्ह लौरोको सट्टा अर्कै रोज्न भनिएकोमा अटेरीले आ’न्दोलन गरेपछि फेरि उही चिन्ह मिलेको पौडेलले जनाए ।

कहिकतै दाबी भएको खण्डमा उक्त क्षेत्रमा फरक पर्न सक्ला अन्यथा देशैभर लौरो चिन्ह रहने गनेस पौडेलले बताएका छन् ।

प्रतिक्रिया