पोखरामा नेकपा एमालेको घोषणापत्र सार्बजनिक : मोनोरेल र मेट्रोरेल बनाउने-भिडियो सहित

इनेप्लिज २०७९ वैशाख १८ गते २:०४ मा प्रकाशित

पोखरा।नेकपा एमाले पोखरा महानगर कमिटीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै कृष्ण थापाले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा  कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ,उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए ।

 

पोखरामा शनिबार आयोजित कार्यक्रममा एमालेले पाेखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएकाे २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषण पत्रमा पोखरामा मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेले पोखराको मेयरमा कृष्णा थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदानमा छन् ।

प्रतिक्रिया