विदाइ

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख १७ गते १५:०२ मा प्रकाशित

 

सरोजले सरकारी जागिर खाइन्जेल सातओटा मन्त्रालयमा बसेर काम गर्यो।उसलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा भएर रमाना लिएर जाँदा कुनै मन्त्रालयले पनि बिदाइ गरेन।उसले जागिरबाट उमेरहदको कारण अनिवार्य अवकाश पाएपछि उसले काम गरेको अन्तिम मन्त्रालयले पनि उसलाई बिदाइ गरेन।जागिर खाइन्जेल कुनै मन्त्रालयमा पनि उसको कोहीसँग नराम्रो भने भएन। उसको काम गराईलाई सबै मन्त्रालयका हाकिमहरुले प्रशंसा गरे।बैसँग उसको व्यवहार पनि राम्रै भयो।उसले गरेको कामको कदर पनि हुन्थ्यो।

जागिर छाडे पछि उसले आफूसँगै काम गरेका दुईचार जना साथीहरुसँग भेट हुंदा “मैले सातओटा मन्त्रालयमा बसेर काम गर्न भ्याए।तर कुनै मन्त्रालयले पनि मलाई सरुवा भएर रमाना लिदा विदाइ गरेन नि” भन्यो।उसँगै काम गर्ने साथी गंगारामले “तपाईजस्तो राम्रो काम गर्नेलाई बिदाइ नगर्नु त ठिक भएन नि” भन्यो।अर्को साथी समिरले “तपाईलाई विदाइ गर्यो भने फेरि फर्केर त्यो विदाइ गरेको अफिसमा काम गर्न जान राम्रोे हुदैन भनेर नगरेको हुन सक्छ नि” भन्यो।

सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नं.९८४१७९७६६४

प्रतिक्रिया