न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ हुने

इनेप्लिज २०७९ वैशाख १६ गते २२:२८ मा प्रकाशित

बलराम थापा।ज्याक्शनहाईट न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२२ आगामी अगस्त ६ मा आयोजना हुने भएको छ।

गत वर्ष २०२१ मा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ टाईटल नारा राखिएको उक्त ईमेन्टमा यस बर्ष को नारा चाहीं नेपाली महिलालाई सशक्तिकरण गर्दै आगामी पुस्तालाई सशक्त बनाउने राखिएको छ।प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुको लागि आवेदन खुल्ला गरिएको
कार्यक्रम संयोजक तथा आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठले जानकारी गराउनुभयो।आवेदन पत्र दर्ता गर्ने अन्तिम समय जुन २९,२०२२ सम्‍म तोकिएको छ।

पूर्बमिस नेपाल सदिक्षा श्रेष्ठको कोरियोग्राफ़ी रहने उक्त कार्यक्रममा नायिका स्बतिमा खड्का,हाल संगितीक कार्यक्रमको दौरानमा अमेरिका पुगेको गायक प्रकास सपुत र नेपालमा विषा लिएर प्रकास सपुत संग जान नपाएका अन्य कलाकारहरूको बिशेष र आकर्षक प्रस्तुति रहने आयोजक श्रेष्ठले बताएका छन्।

मिस नेपाल नर्थ अमेरिका–२०२२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरूले प्रतिस्पर्धामा भाग लिन सक्ने छन् भने यसको अन्तिम चरणको फाईनल न्यूयाेर्क स्थित Melrose Ballrom मा हुनेछ यस कार्यक्रमको बारेमा बुझ्न निम्न टेलिफ़ोन नम्बर (+१७१८८०१३९९२)मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया