सौगात, बुद्धि र दीया स्टारर ‘मन्त्र’ आजदेखि हलहरुमा

इनेप्लिज २०७९ वैशाख १६ गते १०:०६ मा प्रकाशित

 

काठमाडौं।शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ।खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल,बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ।

मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ।केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

गत बुधबार राजधानीमा गरिएको ‘प्रिमियर’मा चलचित्रकर्मीबाट ‘मन्त्र’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो।

छायाँकन,लोकेशन,ब्याकराउण्डस्कोर,कथावस्तुलाई चलचित्रकर्मीले खुलेर प्रशंसा गरेका थिए।

चलचित्रमा नमिता तामाङ,पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ।

चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया,सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ।सुरेश कार्की,रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन्।सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ।

प्रतिक्रिया