मेरो आशाको केन्द्र तिमि हौ………….

गोबिन्द राज ओझा     २०७९ वैशाख १६ गते ९:२६ मा प्रकाशित

मेरो आशाको केन्द्र तिमि हौ तिम्रै आशा लाग्छ

तिम्रो लागि पर्खनु पनि म सँग समय छ

सुन्दर तिम्रो रुपलाई हेरेर मेरा दिनहरु बिते

मेरि मनकि मायालु माया कहानि लेखि दिन बिते

 

यो दुनियामा रमाएर बाच्ने मेरो चाहना थियो

तिम्रो लागि पर्खि बस्नु पनि मेरो कारण थियो

यो बाटोमा हिडन मैले तिम्रो साथ पाए

मेरो गन्तव्यमा पुगेर बिदाईको हात हल्लाए

 

तिमि सँग रमाएर बस्नु मेरो एक समयको खेल थियो

तिमिलाई भेटन तिम्रो सामु पुग्न थोरै समय बाकि थियो

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,नेपाल

प्रतिक्रिया