आफ्नो सन्तानको हर सुख दुखमा
आफुलाई सधै सामेल गर्छिन तिनी
आफ्नो पेटको भोकलाई भन्दा
सन्तानको भोकलाई प्राथमिकता दिन्छिन तिनी
आफ्नो स्वास्थ्यको ख्यालै नराखी
सन्तानकै स्वास्थ्यप्रति चिन्तित हुन्छिन तिनी
हर बखत भगवानसित
सन्तानकै लागि बरदान माग्छिन तिनी
आफ्नो सन्तानको जीवनको लागि
आफ्नै जीबन दाउमा लाउछिन तिनी
आफ्नो सन्तानको खुशीको लागि
आफ्नो खुशी नै त्याग्छिन तिनी
हर बखत सन्तानकै जिबनको लागि
जिउने सुन्दर प्राणी तिनी
दया,माया,धैर्य अनि सहनशीलताले
भरिएकी एक सुन्दर नारी तिनी
यस्तो निस्वार्थ मायाको
अमूल्य सुन्दर भण्डार तिनी
त्यति मात्रै कहाँ हो र
ईश्वर को अमुल्य बरदान तिनी
तिनको साथमा रहन पाउनु नै
हाम्रो ठूलो भाग्य तिनी
त्यति मात्रै कहाँ हो र
ईश्वरको अर्को रुप तिनी।
प्रतिक्रिया