दिनेशको “चकचके” ले उधुम मचाउँदै (भिडियो सहित)

इनेप्लिज २०७९ वैशाख १५ गते १:३२ मा प्रकाशित

काठमाण्डौ बैशाख १४ – हरेक नेपालीहरुको बाल्यकाल निकै स्मरणयोग्य हुने गर्दछ । आफुले डन्डी बिगो खेलेको, संगै स्कुल पढ्दा अन्यकौं क्रियाकलाप गरेको लगाएत थुप्रै ति बिगत सम्झिंदा साँच्चै त्यो बाल्यकाल पुनः फर्किए हुन्थ्यो नि जस्तो लाग्ने गर्दछ । तर चाहेर पनि हामि ति अवस्थामा पुग्न सक्दैनौं । यो हुँदा विभिन्न गीत संगीतबाट झल्को भने मेट्न सक्छौं । हो अहिले त्यस्तै बाल्यजिबनको झल्को मेटाउने गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत स्थायी घर नुवाकोट र हाल काठमाण्डौमा रहेर नेपाली संगीत क्षेत्रको सम्वृद्धिको लागि संघर्सरत नाम दिनेश श्रेष्ठको प्रस्तुतिमा “चकचके” बोलको रहेको छ ।

दिनेशले यस अघि बाल छैन मा कसम, उलुलु, सुनन मोया, बरै, सुन सरकार, गैरी पिपल, मुखमा हान्दिने, लगाएत गीत ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर दिनेशको संलग्नतामा सार्बजनिक भएका गीतहरुमा पृथकता पाइने गरिन्छ । यहि पृथकताले नै हुन पर्दछ, एउटा गीत सार्बजनिक गरिसकेपछि अर्को गीत कहिले सार्बजनिक हुन्छ भन्ने कुरामा श्रोता तथा दर्शकहरुको प्रतिक्षाको बिषय बन्ने गर्दछ ।

यस्तै श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर बजारमा आएको उनको माथि उल्लेखित गीतमा लय स्वयम् ले भरेका हुन् भने शब्द जयराम सापकोटाको रहेको छ । गीतमा दिनेश श्रेष्ठ र लक्ष्मी बिस्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिबनका सबै क्रियाकलापहरुलाई गीतको माधुर्यताबाट छर्लंग पारिएको यस गीतको म्युजिक भिडियोमा अनु पराजुली, आयुष्मा कार्की, निरेश कार्की, अरुण सापकोटा, बाल कलाकार आयुष पण्डित, कृषा गिरी, शिवान्सी भट्टराई र सामिप्य भट्टराईको आकर्षक अभिनय देख्न सकिन्छ ।

“चकचके” बोलको गीतलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन सतिश श्रेष्ठले गरेका छन् । दिनेश श्रेष्ठ नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई अन्य प्रस्तुति जत्तिकै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा निर्माण युनिट ढुक्क रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया