पल शाह त हाम्रो लागि भगवान हुन,धन्यवाद गायिका नानु अरु कलाकारले साथ दिएनन,भन्दै रोए राजेश (भिडियो सहित)

इनेप्लिज २०७९ वैशाख १४ गते ११:१६ मा प्रकाशित

आफूलाई अभिनेता पल शाहले कर णी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकी छन् ।

उनले अदालतमा दिएको बकपत्रमा गैंडाकोटमा एक वर्षअघि गीतको भिडियो छायांकनका क्रममा राति आफू होटल सञ्चालककी छोरीसँग बसेको बयान दिएकी छन् ।

उनले त्यो दिन पल शाह आफ्नो कोठामा नआएको पनि बताएकी छिन् । किशोरीले आफूले अरुको उक्साहटमा आएर पलले कर णी गरेको अभियोग लगाएता पनि त्यो सत्य नभएको उनी निर्दोष रहेको, कुनै गल्ती नगरेको निराधार आरोप लगाउन नमिल्ने किशोरीले भनेकी छन् ।

अदालतमा दिएको बकपत्रमा आफ्ना बाबुले पत्रपत्रिका र अन्य मिडियामा आएका समाचारका आधारमा पल शाहले आफूमाथि यौ’ ‘न हिं’ ‘सा गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको दावी गरेकी छन् ।

पीडितले बयान फेरेपछि उनको पक्षबाट बहस गरेकी अर्की अधिवक्ता सरिता तिवारीले यो मुद्दामा शक्ति र पैसा दुरुपयोग भएको संकेत गरेकी छन्। ‘कर णी लगायत यौ’ ‘न दु’र्व्य’व’हा’रका मुद्दामा राज्यबाट पीडितको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने ह’ति’या’र बन्न पुग्छन्! पल शाह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण हो,’ तिवारीले ट्विटरमा लेखेकी छन्।

पीडितमाथि कर णी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जाहेरी परेको थियो। दुवै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो।

तर, आफूमाथि पलले कर णी गरेको भनेर अनुसन्धान अधिकारीदेखि मिडियासम्म बयान दिएकी पीडित नाबालिग एकाएक अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर भयो नै, सँगसँगै पल प्रकरणले नयाँ ट्विस्ट पनि ल्याएको छ।

यतिखेर उठिरहेको प्रश्न हो, ‘पीडित नाबालिगले अचानक किन बदलिन् बयान?’

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्।

‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ। म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो।

यसै क्रममा बेलायतमा बस्ने सामाजिक अभियन्ता समाजसेवी इशा गुरुङले पनि आफ्नो फेसबुकमा लेख्दै भनेकी छन्, ‘तनुहु कारागार बाँट पल शाहको भिंडियों भर्खर सुने , मलाइ सपोर्ट र गाली गर्नेहरू प्रति धन्यबाद सत्यको जित हुन्छ ढिला चाडो’

प्रतिक्रिया