झुपडिमा घरबार भए पनि……………………

गोबिन्द राज ओझा     २०७९ वैशाख १४ गते ९:४६ मा प्रकाशित

 

झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ

ए मेरो साथि तिमि सँग धेरै कुरा गर्नु छ

यो बसन्तको सुन्दरता सँग धेरै प्रश्न सोध्नु छ

यो दुनियाको धेरै कुरा सुन्नु पनि छ

 

झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ

तिम्रो जस्तो पवित्र मन भएकि मायालुको खाचो छ

झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ

तिम्रो मायाको मलाई खाचो छ

 

जब, दुई मुटुको मिलन हुन्छ, जिबन जिउन सजिलो हुन्छ

यो जिवन जिउन हामिले सङघर्षको थालनि गर्नैपर्छ

झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ

ए मेरो साथि तिमि सँग धेरै कुरा गर्नु छ

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

 

प्रतिक्रिया