फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुएल म्याक्रोन विजयी भएका छन । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुएल म्याक्रोनले आइतबारको दोस्रो चरणको मतदानमा मारिन ले पेनको चुनौतीलाई पन्छाउँदै विजयी भएका छन्।
म्याक्रोनले आइतवार ५८.५५% मत ल्याएका छन् । जसले गर्दा उनी २० वर्षमा पुनः निर्वाचित हुने पहिलो फ्रान्सेली नेता बनेका छन्। उनी र ले पेन अप्रिल १० मा पहिलो चरणमा १२ उम्मेदवारहरूमध्ये क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर दोश्रो चरणमा पुगेका थिए।
पोलस्टर प्रोजेक्ट सर्वेक्षणका अनुसार आइतवारको दोस्रो मतदानमा दक्षिणपन्थी उम्मेदवार रहेकी महिला उम्मेदवार मारिन ले पेनले नजित्ने सर्वेक्षण गरेको थियो । फ्रान्स टेलिभिजन(दूरदर्शन) र रेडियोका लागि आयोजित सर्वेक्षण अनुसार पोलस्टर इप्सोस र सोप्रा स्टेरियाद्वारा गरिएको मतदान तथ्यांकको विश्लेषण अनुसार, म्याक्रोनले ५८.८ मत प्राप्त गर्ने लिने अनुमान गरिएको थियो ।
स्थानीय समय अनुसार दिउँसो सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार मतदाताको संख्या २००२ पछिको राष्ट्रपति पदको दोस्रो चरणको लागि सबैभन्दा कम भएको मतदान भएको थियो ।
फ्रान्सेली मतदान सर्वेक्षकहरूले सामान्यतया ८ बजे राती अनुमानहरू जारी गर्छन्। उनीहरुले स्थानीय समय अनुसार प्रमुख शहरहरूमा मतदान बन्द हुँदा र फ्रान्सेली गृह मन्त्रालयले आधिकारिक नतिजा जारी गर्नुभन्दा केही घण्टा अघि सर्वेक्षण गर्ने सिएनएनले समाचारमा उल्लेख गरेको थियो ।
प्रतिक्रिया