आमाको इच्छा

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख ११ गते २१:५९ मा प्रकाशित

कमलप्रसादले कक्षा चारमा पढ्दै गर्दा कविता लेख्न थालनी गर्यो।उसले लेखेको विद्यार्थी शीर्षकको कविता पहिलो पटक गोरखापत्र संस्थानको मुना मासिक पत्रिकामा प्रकाशित भयो।कविता प्रकाशित भएपछि उसले आफ्नी आमालाई देखायो।आमाले उसले लेखेको कविता पढ्नु भयो।छोराको कविता प्रकाशित हुंदा आमालाई साह्रै खुसी लाग्यो।कविता लेख्न थालेपछि कमलप्रसादले आफूले लेखेका कविता विभिन्न पत्रिकामा छाप्न दिन्थ्यो र उसको कविता धेरै पत्रिकामा प्रकाशित हुन्थ्यो।

उसले राम्ररी पढ्दै गएर बाह्र कक्षा उत्तीर्ण भएपछि जागिर पनि खान थाल्यो । जागिर खान थालेपछि उसँगै काम गर्नेहरुले पनि उसले लेखेका कविता पढेर खुसी मान्थे।उसकी आमालाई छोराको कवितासङ्ग्रह निकाल्न ठूलो इच्छा लाग्यो । कवितासङ्ग्रह निकालीदिने प्रकाशक आमाले खोज्न थाल्नुभयो र एउटा प्रकाशकले म हजुरको छोराको कवितासङ्ग्रह निकालिदिन्छु एकहजार प्रति।हजुरले कम्तीमा पनि बीसहजार मलाई दिनुपर्छ भन्यो।तपाईले आफू प्रकाशक भएपछि तपाईकै खर्चले निकाल्नुपर्नेमा हामीले तपाईलाई बीसहजार दिनु पर्ने भयो त भएन नि हामीले बीसहजार तपाईलाई दिनु पर्ने भए हामी आफै निकाल्छौ तपाईले निकाल्नु पर्दैन कमलप्रसादकी आमाले भनिन्।

अरुणबहादुर खत्री “नदी

सामाखुसी मार्ग,९३५÷५४,
काठमाडौं (नेपाल)
मोबाइल ९८४१७९७६६४

प्रतिक्रिया