लोक दलको प्रेस विज्ञप्ति

इनेप्लिज २०७९ वैशाख ११ गते ११:१७ मा प्रकाशित

वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा ठूलो धन बलको प्रयोग भइरहेको र यो निर्वाचनबाट भ्रष्ट, सामन्त, पूँजीपतिहरु मात्र निर्वाचित हुने हुँदा पिछडा वर्ग ९इद्यऋ०, गरिब, कमजोर, दलित, जनजातिको लागि आवाज उठाउने लोक दलले आफ्नो भावी राजनीतिक लक्ष्य प्राप्तिका लागि सामन्त, दलाल र पूँजीपतिको लागि मात्र हुने स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

सामन्त, दलाल र पूँजीपति वर्गको पक्षमा यो चुनाव हुन गईरहेको आँकलन गरी पार्टीलाई उपलब्धिमुलक राजनीतितर्फ उन्मुख गराउने उद्देश्यका साथ लोक दलले पार्टीसंग भएको सिमित साधन स्रोतलाई आगामी प्रदेश स्तरीय निर्वाचनमा केन्द्रीत गरिने नीति लिएको छ । तसर्थ, यस पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरुले यदि स्थानीय निर्वाचनमा भाग लिन चाहेमा स्वतन्त्र उम्मेदवारी दिन पार्टीले खुला गरेको जानकारी यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराइन्छ ।
साथै, पिछडा वर्गको मुद्दामा केन्द्रीत भई पार्टी अहिलेदेखि नै प्रदेश स्तरीय निर्वाचनमा जुट्ने निर्णय गरेको हुनाले सबै नेता तथा कार्यकर्ताहरुलाई आगामी प्रदेश स्तरीय राजनीतिको रणनीतिमा जुटेर कार्य गर्न गराउन सबैमा निर्देश गरिन्छ ।

जय समाज

कौशल कुमार सिंह
अध्यक्ष

प्रतिक्रिया