गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

इनेप्लिज २०७९ वैशाख १० गते १:४० मा प्रकाशित

गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ।खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो।

गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर दिएकीछिन्।प्राज्ञ ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ भने आकाश दाहालले रेकर्ड गरेका हुन्।२०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू बजारमा आइसकेका छन् । वर्ष सार्वजनिक गरिएको गायक,सङ्गीतकार सरोज कोइरालाको सङ्गीत तथा स्वरमा रहेको माया केवल मायाले तेस्रो सगरमाथा म्युजिक अवार्ड पाइसकेको छ भने त्यो अघि विन्दु परियारको स्वर र लक्ष्मण शेषको सङ्गीत रहेको आमा बोलको गीतले पनि अवार्ड चुमिसकेको छ । यी गीतहरू गीतकारको आफ्नो युट्युव च्यानल दीपुष्पा क्रियसन्स् DeePushpa Creations)मा सुन्न सकिन्छ।

आजै खनालले आफ्नी दिवङ्गत आमा दमन्ता खनालको नाममा स्थापना गरिएको सम्मान पनि वितरण गरिएको छ।यस वर्ष काठमाडौँ मुलपानीकी स्रष्टा निर्मला मुरारी खनाललाई सो सम्मान प्रदान गरियो।नेपाल स्रष्टा समाजका अध्यक्ष तथा पदाधिकारीले स्रष्टाको गाउँमै गएर सम्मान अर्पण गर्नुभएको हो।

प्रतिक्रिया