प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक

इनेप्लिज २०७९ वैशाख ९ गते १०:०० मा प्रकाशित

सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक भएको छ।प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ।

एनिस एनञ्जल राईको शब्द,संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज,रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ,मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ।

ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ। ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ।उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ।मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ।

प्रतिक्रिया