यो गाउँ नै खुसि हुन्छ………..

गोबिन्द राज ओझा     २०७९ वैशाख ८ गते ९:४७ मा प्रकाशित

यो गाउँ नै खुसि हुन्छ तिमि आउछौ भनि आशमा
हासि खुसि जिन्दगि बितोस मेरो सधै भरि तिम्रो साथमा
सधै भरि रमाउन पाउ तिम्रो न्यानो काखमा
तिमि छौ प्रियसि मेरो यो हृदयको माझमा

यि डाडापाखाहरुमा गोठालो जादा तिम्रै बारेमा सोच्छु
जिन्दगिका सुख दु:खका कथा तिमिलाई सुनाउन खोजिरहेछु
तिमिलाई रोज्ने यो मन नै हाम्रो मायाको घर भएछ
डाडापाखा सबै तिर तिम्रो गित सुनेर मन आनन्द भएछ

सितल हावा खोज्दै बस्नुपरेको छ यो चौतारीमा
दिल सँग नाता जोडछौ यो मिलनको समयमा
मन खुसि भईरह्यो हाम्रो मायाको चर्चा दुनियामा चल्दा
खुसिको सिमा नै रहेन तिमि मलाई भेटन आउदा

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी,नेपाल

प्रतिक्रिया