प्रताप र प्रविशाको माया बिछट्टैमा गज्जबसँग खुले जिम्बे र लक्ष्मी

इनेप्लिज २०७९ वैशाख ८ गते २:२४ मा प्रकाशित

काठमाडौं ।गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीत रिलिज गरिएको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । जसमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ ।

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ।भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले   एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् ।  सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ।

गीतकार तथा मोडल राईले यसअघि रिलिज गरेको ‘ए जिन्दगी’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । सोही गीतबाट पनि हौसिएका मोडल राईले एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरु बजारमा ल्याइरहेका छन्।

प्रतिक्रिया