नयाँ एडभेन्चर शो ल्याउदै अनुप र सौगात

इनेप्लिज २०७९ वैशाख ७ गते २०:५८ मा प्रकाशित

 

काठमाडौँ।पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन्। यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन्।

यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन्।उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् ।।

बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ।शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ।यी भागमा ‘आइल्यान्ड पिक’,‘हुम्ला’,‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’,‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’,‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए।

स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ।करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिंग टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ,मोटरबाइकिङ,माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए।

शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताए।‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ।’

प्रतिक्रिया