रोहित र एन्जिलाले चुपचाप मन पराए (भिडियो)

इनेप्लिज २०७९ वैशाख ६ गते ९:०७ मा प्रकाशित

मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो, रोहित बस्नेत । करिअरको छोटो अवधिमा सफल म्यूजिक भिडियोमा काम गरिसकेका उनको चकलेटी लुक्सको मोडलिङ क्षेत्रमा राम्रै चर्चा हुने गरेको छ।म्यूजिक भिडियोबाट बटुलेको अनुभवलाई सर्टिफिकेट मानेर उनी चलचित्रमा समेत प्रवेश गर्ने तयारीमा छन्। उनै, रोहितले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘चुपचाप मन पराएँ’ बोलको गीतमा रोहितले एन्जिला बानियाँसँग रोमान्स गरेका छन्।भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ।गाउँको एक घनाड्य परिवारको घरमा काम गर्ने कामदार (रोहित) र घर धनीकी छोरी (एन्जिला) बीचको प्रेमलाई गीतमा बुनिएको छ।फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियो सुन्दर बनेको छ।

प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको संगीत छ।ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिचेका हुन्।मोडल रोहित बस्नेतले गीतको भिडियोमा बुनिएको कथा धेरै युगल जोडीको वास्तविक कथासँग मेल खाने बताए।उनी यो भिडियो आफ्नो करिअरका लागि कोशेढुंगा सावित हुनेमा विश्वस्त देखिएका छन्।

प्रतिक्रिया