अमृत र नग्माको ‘के छ मसँग’ मा रोमान्स

इनेप्लिज २०७९ वैशाख ५ गते २१:४३ मा प्रकाशित

 

काठमाडौँ।गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ।राजधानीमा एक कार्यक्रमकाबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो।रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ,भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ।

गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ।जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ।एक जोडी प्रेमीप्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन्।

अमृत शाही ठकुरीको कोरियोग्राफी,अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन्।

कार्यक्रममा गायक दिनेश बान्तवा,गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए।

गीतको शब्द, संगीत,स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताए।

प्रतिक्रिया